युएईमा २१ नेपाली प्रकरणः दुतावासले यसो भन्यो
लक्ष्मण खनाल युएई– भिजिट भिषामा युएईमा पुगेर अलपत्र परेका २१ जना नेपालीको समस्या समाधान गर्न भागिरथ प्रयास गरेको भन्दै दुतावासले प्रेस विज्ञप्ती जारी गरेको छ ।
सोमबार नेपाली राजदुतावास युएईद्वारा जारी गरिएको विज्ञप्तीमा दुतावासले आफ्नो स्रोत र साधनले भ्याएसम्म प्रयास गर्दा पनि विभिन्न अनलाइन मिडियाहरुलो दुतावासको मिलेमतो भनेर समाचार आएकोमा खण्डन गरेको छ ।
विज्ञप्तीमा भनिएको छ,‘दुतावासले आफ्नो स्रोत र साधनले भ्याएसम्म समस्या समाधान गर्न भागिरथ प्रयास गर्दा गर्दै पनि केही अनलाइन संस्करणहरुले समस्या समाधान गर्न पहल नगरेको, दुतावासका कर्मचारीसंग परिचय सम्म नभएका एजेण्टसँग उठवस गरेको, मिलेमतो गरेको प्रकाशित समाचार भ्रामक, तथ्यहीन, दुतावासको असल नियत र दुतावासको सेवाप्रति पुर्वाग्राहीयुक्त देखिन्छ ।’ उक्त समस्या समाधानको लागि परराष्ट्रलाई पत्रचार गरिएको पनि दुतावासले विज्ञप्तीमा जनाएको छ ।
पीडितहरु ठमेलमा रहेको अर्थलाइन र क्रोमेज ट्राभल्समार्फत दुइलाख देखी तिनलाख असीहजार सम्म तिरेर युएई आएका थिए । युएईमा आइसकेपछि उनिहरुलाई खाने बस्ने र रोजगार मिलाइदिने जिम्मा लिएका सुजन भनिने प्रेम पाण्डेले अबुधाबीको मुसफामा राखेका थिए । पाण्डेले जागिर मिलाइदिने वाहानामा प्रतिव्यक्ति एक हजार डलर युएईमा आइसकेपछी उनीहरुसंग लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्लाका बगैँचामा स्याउ फुल लाग्याे
-
इलाम २ मा उपनिर्वाचनका दिन यातायात बन्द, अन्य तयारी धमाधम
-
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : मधेश प्रदेशले ‘सुपर ओभर’ मा हरायो सुदूरपश्चिमलाई
-
छोरी अरूसँग भागेको भन्दै सडक अवरुद्ध, प्रहरीले चलायो ९ राउण्ड अश्रुग्यास
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा खानाको व्यवस्था गर्न विभागको आग्रह