बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

तत्काल एकता गर्न तीन राप्रपाका २० नेताहरुले दिए दबाब (विज्ञप्तिसहित)

आइतबार, ०२ मङ्सिर २०७५, १७ : ३६
आइतबार, ०२ मङ्सिर २०७५

काठमाडौं– एकता प्रक्रियामा रहेका तीन राप्रपाका  नेताहरुले पार्टी नेतृत्वलाई तत्काल पार्टी एकता गर्न दबाब दिएका छन् । आज एक विज्ञप्ति जारी गर्दै कमल थापा नेतृत्वको राप्रपा, पशुपति शमशेर जबराको राप्रपा (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा (राष्ट्रवादी) का २० नेताहरुले नेतृत्वलाई तत्काल एकता गर्न दबाब दिएका हुन् । 

जारी विज्ञप्तिमा उनीहरुले राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध विभिन्न तह र तप्कामा कार्यरत नेता तथा कार्यकर्ताहरु बृहत र व्यापक पार्टी एकताको पक्षमा दृढ रहेको दाबी गरेका छन् । विज्ञप्तिमा भनिएको छ : ‘राप्रपाले आफ्नो स्थापनाकाल देखिनै संवैधानिक राजसंस्था, सनातन हिन्द, राष्ट्रिय एकता तथा अखण्डतामा लगायत अन्य राजनीतिक विचारधारा र दर्शनमा अटुट आस्था र विश्वास राख्दै आइरहेको छ भन्ने कुरा सर्वविदितै छ र यो मान्यता नै तीनवटा राप्रपा र समान विचारधारा राख्ने अन्य  व्यक्ति, शक्ति र समूहहरु बीचको भावी एकताको आधार हुनसक्छ ।’ 

विज्ञप्तिमा मुलुकले अहिले तीनवटै राप्रपाबीच एकताको आवश्यकता महसुस गरेको दाबी गर्दै त्यो आवश्यकता एकत्रित, सशत्त, प्रद्धति र प्रजातान्त्रिक प्रणालीमा आधारित राप्रपाले मात्र गर्न सक्ने बताइएको छ । 
पछिल्लो समय तीन राप्रपाबीच एकताका लागि वार्ता जारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप