शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तीन पेट्रोल पम्पमा शिलबन्दी

आइतबार, ०२ मङ्सिर २०७५, १७ : ३७
आइतबार, ०२ मङ्सिर २०७५

बुटवल–रुपन्देही र कपिलबस्तुका तीन पेट्रोल पम्पले मापदण्ड  बिपरित पेट्रोल र डिजेल बिक्री गरेको भेटिएपछि शिलबन्दी गरिएको छ ।

रुपन्देहीको मणिग्राममा रहेको शंकर आयल, बुटवलको बेलवासमा रहेको लम्साल आयल स्टोर र कपिलबस्तुको जीतपुरमा रहेको रिया आयल स्टोरले मापदण्ड भन्दा कम तेल बेचेकाले अनुगमन टोलीले शिलबन्दी गरेको हो ।

नापतौल तथा गुण नियन्त्रण कार्यालय बुटवलका प्रमुख  मनोज पोख्रेरलले  रुपन्देही र कपिलबस्तुका १२ वटा पम्पमा अनुगमन गरिएको र तीनवटा मापदण्ड विपरित भेटिएकाले आवश्यक कारर्वाहीका लागि प्रक्रिया अघि बढाएको बताए ।

उनका अनुसार लम्साल आयल स्टोरले पेट्रोलमा, शंकरले आयलले डिजेल र रिया पेट्रोल पम्पले डिजेल र पेट्रोल दुवै कम बिक्री गर्ने गरेको पाइएको हो । ति पम्पहरुले ५ लिटर पेट्रोलियम पदार्थ बेच्दा ४० देखी ४ सय मिलिलिटरसम्म कम दिने गरेको प्रमुख पोख्ररेल बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप