शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रानु निरौलाको लोक पप ‘लाछा डोरी’ सार्वजनिक

आइतबार, ०२ मङ्सिर २०७५, १८ : ३५
आइतबार, ०२ मङ्सिर २०७५

काठमाडौं । गायिका रानु निरौलाको आवाजमा रहेको लोक पप गीत ‘लाछा डोरी’ बोलको भिडियो सार्वजनिक भएको छ । 

राकेश शर्माको शब्द तथा संगीत रहेको सो गीतमा बासु न्यौपानेको छायांकन, विकास ज्ञवालीको सम्पादन र राहुल बराइलीको निर्देशन रहेको छ ।

उक्त गीतमा मायाको डोरीले बाँधेपछि आफनो मायालुलाई जीवनभरी साथ दिने कुराहरु समेटिएको गायिका रानुले बताएकी छन् । 

उनले भनिन्, ‘यो गीतमा फरक शैलीको प्रस्तुति दिएर भिडियो तयार गरिएको छ ।’

साहश शाक्यको एरेन्जमा रहेको यस गीतमा प्रेमका भावहरुलाई अधिक मात्रामा प्रस्तुत गरिएको छ । गीतमा आहाना पोखरेल र रमेश बाबुको फिचरिङ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप