शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फेरि बन्ने भो ‘साइनो’

आइतबार, ०२ मङ्सिर २०७५, १८ : ३७
आइतबार, ०२ मङ्सिर २०७५

काठमाडौं – दशक अगाडि बनेको ‘साइनो’को नामबाट फेरि फिल्म निर्माण हुने भएको छ । नेपालकी प्रथम नायिका भुवन चन्द थापाले यो नामबाट फिल्म निर्माण गर्न लागेकी हुन् । 

आइतबार राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले फिल्मको विभिन्न विषयमा जानकारी दिएको हो । त्रिकोणात्मक प्रेमकथामा फिल्म निर्माण हुन लागेको अभिनेत्री चन्दले जानकारी दिइन् । चन्द यसै चलचित्रबाट निर्माणमा देखिन लागेकी हुन् ।

अभिनेत्री मिरुनाले नेपालकी प्रथम अभिनेत्रीको फिल्ममा आफू आबद्ध हुनु पाउनु सौभाग्यको कुरा रहेको बताइन् । शरण थापा कार्यकारी निर्माता रहेको फिल्ममा नीता ढुंगाना ,मिरुना मगर, राजकुमार, भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनालीलगायतका कलाकारको अभिनय रहने छ ।

काठमाडौं, काभ्रे, रसुवा, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक लगायतका स्थानमा  फिल्म खिचिने बताइएको छ । फिल्ममा रमेश थापाको निर्देशन रहने छ ।  यस अगाडि निर्माण भएको ‘साइनो’मा सुपरहिट सावित भएको थियो । जसमा अभिनेता भुवन केसी र अभिनेत्री तृप्ती नाडकर मुख्य भूमिकामा रहेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप