शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आगामी संसदको प्राथमिकतामा चिकित्सा शिक्षा विधेयक

आइतबार, ०२ मङ्सिर २०७५, १८ : ४१
आइतबार, ०२ मङ्सिर २०७५

काठमाडौँ । प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले आफ्नो कार्यक्षेत्रभित्र रहेका मन्त्रालयको काम कारवाही, नियमित अनुगमन र निर्देशन गर्नेबारे प्रारम्भिक प्रतिवेदन तयार गर्न तीन वटा विषयगत उपसमिति गठन गरेको छ । 

समितिको आजको बैठकले स्वास्थ्य तथा जनसङ्ख्या, शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकूद उपसमिति गठन गरेको सभापति जयपुरी घर्तीले जानकारी दिइन् । 

बैठकमा राष्ट्रिय चिकित्सा शिक्षासम्बन्धी विधेयकलाई आगामी संसद्को अधिवेशनका लागि प्राथमिकताको पहिलो कार्यसूचीका रुपमा अघि बढाइने जानकारी दिइयो । 

सांसद भैरवबहादुर सिंह संयोजक रहेको उपसमितिले यही मङ्सिर ८ गतेदेखि उक्त विधेयकमाथि निरन्तर छलफल गरी सहमतिका आधारमा प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएको छ । 

राज्यको शिक्षा, स्वास्थ्य र खेलकूद नीतिलाई समयानुकूल बनाउँदै लैजान समितिले द्रुतरुपमा काम गर्ने अठोट व्यक्त गर्दै समितिका सदस्यले भने, ‘बिरामी मानिसको उपचार र कर्मचारीको सरुवा बढुवा पहुँचका आधारमा होइन, प्राथमिकता र नीतिका आधारमा हुनुपर्दछ ।’

बैठकमा सदस्यले शिक्षा, स्वास्थ्य र खेलकूदसम्बन्धी नीति पटकपटक फेरिने परिस्थितिले जनता र स्वयं सरकार नै पनि खुशी नदेखिएको हुँदा सरकारी र निजी साझेदारी ढाँचामा अघि बढ्नुपर्ने सुझाव दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप