बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ओयो होटल्सको दक्षिण एशियाको मुख्य कार्यकारी अधिकारीमा आदित्य घोष नियुक्त

आइतबार, ०२ मङ्सिर २०७५, १८ : ४१
आइतबार, ०२ मङ्सिर २०७५

काठमाडौँ ।  दक्षिण एसियाकै सबैभन्दा ठुलो तथा संसारकै सबैभन्दा छिटो वृद्धी दर भएको ओयोको होटेल श्रृंखलालले  भारत, र दक्षिण एशियाको  सीईओको रुपमा भारतका आदित्य घोषलाई  नियुक्त गरेको छ ।
ओयो होटल ब्यबसायको  निरीक्षण र  विकास गर्नको  लागि दक्षिण एशिया जसमा इंडिया, नेपाल र अन्य आगामी बजारहरु पर्दछन् ।

आदित्य २१ बर्षको अनुभव भएका एक सिद्ध ब्यबसायी भएकाले उनलाई यो क्षेत्रको जिम्मेवारी दिईएको ओयोले जनाएको छ । उनले उच्चस्तरिय ग्राहक अनुभव र नीरन्तर उपजका लागि ध्यान दिनुका साथै यसको वृद्धि जारी गर्ने विश्वास कम्पनीको छ  । 

यस होटेलको श्रृंखला बिशाल बनाउन मात्र नभएर यसलाई लोकप्रिय होटल बनाउन पनि उनको नियुक्ति अति आवश्यक भएको कम्पनीले जनाएको छ ।

ओयो होटल एंड होम्सका संस्थापक एवं समूह सीईओ,  रितेश अग्रवालले भने, ‘आदित्यको नियुक्तिले  कम्पनीको यात्रामा भारत लगाएत संसारका अन्य देशहरुमा न केवल सबैभन्दा ठूलो तर सबै भन्दा लोकप्रिय र रुचाईएको होटलको श्रृंखला, होम्स र लिविंग स्पेस हुनेछ ।’ 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप