शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

धारिलो हतियार प्रहारबाट चन्दको हत्या

आइतबार, ०२ मङ्सिर २०७५, १९ : ११
आइतबार, ०२ मङ्सिर २०७५

राँझा । नेपालगञ्ज उपमहानगरपालिका – १३ उदयपुरमा एक युवकको हत्या भएको छ । 

उदयपुरस्थित गङ्गापुरमा पोल्ट्री फार्ममा कार्यरत सुर्खेतका ३० वर्षीय सागर चन्दको धारिलो हतियार प्रहार गरी हत्या भएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका चन्दको उपचारका क्रममा आज मृत्यु भएको हो । चन्दलाई आफन्तले उपचारका लागि स्थानीय भेरी अञ्चल अस्पताल ल्याएका थिए । 

चन्द सडक दुर्घटनामा घाइते भएको आफन्तले बताए पनि उनको शरीरमा धारिलो हतियार प्रहार भएको देखिएकाले अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक डाँगीले बताए । 

यसैबीच गएराति नेपालगञ्जको खजुरा रोडमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते खजुरा गाउँपालिका–३ बाँकेका प्रियान्सु पौडेलेको उपचारका क्रममा मृत्यु भएको छ । 

सडकमा रोकिराखेको ट्र्याक्टरमा ठोक्किएर दुर्घटनामा परेका २१ वर्षीय पौडेलको उपचारका क्रममा मृत्यु भएको हो । 

उनीसँगै मोटरसाइकलमा सवार २० वर्षीया अनिता थापा क्षेत्रीको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप