शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तबहादुरले आफ्नै श्रीमती र छोराको हत्या, घाइते अवस्थामा पक्राउ

आइतबार, ०२ मङ्सिर २०७५, १९ : १३
आइतबार, ०२ मङ्सिर २०७५

रुकुम । आफ्नै श्रीमती र छोरालाई भरुवा बन्दुक तथा खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा त्रिबेणी गाउँपालिका–१ बल्लेजुरा बस्ने ४९ वर्षीय भक्तबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ ।

भक्तबहादुरले ४२ वर्षीया श्रीमती इन्द्रकला बुढा र ११ वर्षीय छोरा प्रकाश बुढालाई आइतबार बिहान भरुवा बन्दुक र खुकुरी प्रहार गर्दा दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाको जानकारी हुनासाथ प्रहरी चौकी सिम्रुत र जिल्ला प्रहरी कार्यालय रुकुमबाट खटिएको प्रहरीले भक्तबहादुरलाई घाइते अवस्थामा फेला पारी भरुवा बन्दुकसहित पक्राउ गरेको हो । 

घाइते भक्तबहादुरलाई उपचारको लागि जिल्ला अस्पताल रुकुम लगिएकोमा थप उपचारको लागि नेपालगञ्ज रिफर भएका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप