नेविसंघ कार्यसमितिको म्याद २ महिना थप्न प्रस्ताव, राजीनामा दिने महरको चेतावनी
काठमाडौं– नेपाली कांग्रेस निकट भातृसंगगठन नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिको म्याद २ महिना थप्न प्रस्ताव गरिएको छ । आइतबार साँझ बसेको कांग्रेस केन्द्रीय समिति बैठकले नैनसिंह महर नेतृत्वको कार्यसमितिको म्याद २ महिना थप्न प्रस्ताव गरेको हो ।
केन्द्रीय समिति बैठकमा २ महिना म्याद थप्ने विषयमा प्रस्ताव लगिएको छ, म्याद थप्ने विषयमा बैठकमा छलफल हुन्छ ।’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने । नेविसंघ विधानको भाग ९ धारा २६ अनुसार ५ महिना म्याद थप्न सकिने प्रावधान छ, सोही प्रवाधान अनुसार यसअघि भदौमा ३ महिना म्याद थपिएको थियो । सोही धारामा टेकेर अब २ महिना म्याद थप्ने तयारी गरिएको प्रवक्ता शर्माले भने ।
यता, संगठनका अध्यक्ष नैनसिंह महर पक्षले भने कार्यसमितिको म्याद ६ महिना थप्नुपर्ने अडा लिएको छ । कार्यसमितिको म्याद २ महिना मात्र थपिए संगठनको महाधिवेशन गर्न सम्भव नहुने भन्दै महरले पार्टी बैठकले २ महिनामात्र म्याद थपे नेतृत्वबाटै राजीनामा दिने चेतावनी समेत दिएका छन् ।
उता, नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले संगठनभित्र ३२ वर्षे उमेरहद तत्काल लागू गर्न माग गरेका छन् । उनले आज एक विज्ञप्ति जारी गरी पार्टी नेतृत्वसमक्ष सो माग गरेका हुन् । महामन्त्री काफ्लेले विद्यार्थी संगठनभित्र मात्र नभई पार्टी नेतृत्वमा पनि ७० वर्षे उमेर हद लागू गर्न माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
विद्युत् विधेयक निजी क्षेत्र र लगानीमैत्री बनाउन माग
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना