शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भोजपुर उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ विजयी

आइतबार, ०२ मङ्सिर २०७५, १९ : ३९
आइतबार, ०२ मङ्सिर २०७५

भोजपुर । भोजपुर उद्योग वाणिज्य संघमा ध्रुवलाल श्रेष्ठ विजयी भएका छन् । रामचन्द्र श्रेष्ठलाई ४३ मतले पछि पार्दै श्रेष्ठ विजयी भएका हुन् । 

हिजो भएको उद्योग वाणिज्य संघको निर्वाचनमा ३ सय १० मतले अध्यक्ष्य पदमा ध्रुवलाल श्रेष्ठले मत पाएका थिए भने रामचन्द्र श्रेष्ठले २ सय ६७ मत ल्याएका मत ल्याएका थिए ।

यस्तै, प्रथम उपाध्यक्षमा कर्ण मोक्तान विजयी भएका छन् । फविन्द्र प्रधानलाई ७३ मतले पछि पार्दै मोक्तान विजयी भएका हुन् । फवीन्द्र प्रधानले २ सय ३१ मत पाएका छन् ।

द्वितिय उपाध्यक्षमा निरकुमार विश्वकर्मा २ सय ८४ मत, महासचिवमा नवीन प्रधान २ सय ८२ मत, सचिवमा विन्द्र राई २ सय ६३ मत र कोषाध्यक्षमा प्रविण सुवाल २६३ मतले विजयी भएका छन् । 

यस्तै सदस्यहरुमा रमेश कार्की ३६२, कमल प्रधान ३११, राजन राई ३०४, कुमार श्रेष्ठ २९५, देवराज प्रधान २९८, लालबहादुर श्रेष्ठ २९५, अनिल बस्नेत २८४, ऋषिधन राई २८४, ईश्वर श्रेष्ठ २८२, विमल रणपहेली २७९, वसन्ती राई २७२, लालबहादुर विक २७२, सागर उदास २६९, गोविन्द प्रधान २६१ र अनिल बराइली २४३ विजयी भएका हुन् ।

निर्वाचीत पधादिकारीहरुलाई निर्वाचन मण्डलले विजयीको प्रमाण–पत्र वितरण गरी सपथ समेत खुवाएको निर्वाचन मण्डलका संयोजक भीषण श्रेष्ठले बताए ।

यस्तै, नवनिर्वाचित अध्यक्ष ध्रुर्वलाल श्रेष्ठले तीन वर्षको कार्यकालमा साना करदाताहरुलाई कर बुझाउन सहज बनाउने उद्देश्यले करको शाखा कार्यालय भोजपुरमा ल्याउन पहल गर्ने बताए । 

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बन्दै गरेको उद्योग वाणिज्य संघ भोजपुरको सचिवालय भवनलाई पूर्णता दिने प्रतिबद्धता प्रकट गरेका छन् । 

यस्तै उनले भोजपुरमा कृषिको क्षेत्रमा प्रचुर सम्भावना भएकाले त्यस क्षेत्रलाई आधुनिकीकरण गर्दै आय आर्जनको मुख्य स्रोत बनाउने, बजार व्यवस्थापन र कृषिमा भएका उत्पादनहरुलाई अन्य जिल्लातिर निकासी गर्ने वातावरण बनाउन लाग्नेमा जोड दिएका छन् ।

संघमा सहमति जुटाउन नसकेपछि निर्वाचनको पद्धती अपनाई नेतृत्व चयन गरिएको हो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप