शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मोदीले दिएको चन्दन सोमबारदेखि पशुपतिनाथमा चढाइने

आइतबार, ०२ मङ्सिर २०७५, १९ : ४३
आइतबार, ०२ मङ्सिर २०७५

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले चार वर्षअघि पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्दा दिएको श्रीखण्ड चन्दन हरि बोधिनी एकादशीका अवसरमा सोमबारदेखि चढाइने भएको छ । 

विसं २०७१ साउन १८ गते पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेपछि भारतीय प्रधानमन्त्री मोदीले दुई हजार ५०० किलोग्राम श्रीखण्ड चन्दन अर्पण गरेका थिए । 

पशुपतिनाथ र वासुकीनाथ मन्दिरलाई श्रीखण्ड चन्दन चढाएपछि सोमबारदेखि नै भक्तजनलाई पनि मोदीले नै अर्पण गर्नुभएको चन्दन वितरण गरिने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए । 

सोमबारदेखि भित्र र बाहिर एकै किसिमको चन्दन वितरण गरिने पनि उनले बताए । यसअघि भित्र र बाहिर फरकफरक चन्दन वितरण भएको गुनासो भक्तजनबाट आउने गरेको थियो ।

वर्षमा २५० किलो चन्दन भक्तजनलाई वितरण गर्ने कोषले जनाएको छ । वर्षभरका विशेष पर्व एवं मेलामा १५० किलो चन्दन लाग्छ । 

पशुपतिनाथ मन्दिरमा चढाउन हाल गुठी संस्थान र कौशीतोषाखानाले अढाई÷अढाई किलो गरी मासिक पाँच किलो चन्दन कोषलाई दिने गरेको सदस्य सचिव ढकालले सुनाए । 

त्यसले नपुग्ने भएकाले महिनामा एक किलो मोदीले दिएको चन्दनबाट पशुपतिनाथ मन्दिरलाई थपिनेछ । बाह्र किलो चन्दन पशुपतिनाथलाई वार्षिक रुपमा थपिनेछ । 

वासुकीनाथलाई वार्षिक छ किलो गरी ४१८ किलो चन्दन वर्षमा खर्च हुनेछ । यो चन्दन छ वर्षसम्मलाई पुग्ने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप