बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर २ मा कांग्रेस राय–सुझाव संकलन गर्दै

आइतबार, ०२ मङ्सिर २०७५, १९ : ५३
आइतबार, ०२ मङ्सिर २०७५

जनकपुर– अगामी महासमितिको वैठकमा प्रस्तुत हुने राजनीतिक प्रस्तावको मस्यौंदा सम्बन्धमा राय, सुझाव संकलनको लागि कांग्रेसले प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा प्रदेश समिति निर्माणको विषयले प्रमुखता पाएको छ ।  गोष्ठीमा सहभागी कांग्रेस नेताहरुले संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र पार्टीको आन्तरिक गतिविधि तथा अगामी कार्ययोजना बारे छलफल गरेका छन् ।

कांग्रेसले आयोजना गरेको प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा सहभागि नेता तथा कार्यकर्ताले प्रदेश कमिटी तथा पार्टीको संरचनाबारे जोडदार रुपमा उठाएका छन् । प्रदेश नम्बर २ मा भएको चुनावको समीक्षा, राजनीतिक अवस्था र संगठनबारे व्यापक छलफल भएको जिल्ला नेता प्रवेश चौधरीले जानकारी दिए । मुलुक संघीयतामा गइसक्दा पनि कांग्रेसले प्रदेशस्तरीय समिति  निर्माण गर्न नसक्नु दुःखद रहेको उनले बताए । 
 
यता, कांग्रेस केन्द्रीय सदस्य डा.डिला संग्रौलाले सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी विरुद्ध निकै आक्रोश पोखेकी छन् । उनले कम्युनिष्ट सरकारले देशमा अधिनायकवाद र सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाइन् ।

बैठकमा प्रदेश नम्बर २ का महोत्तरी, सर्लाही, सिरहा, सप्तरी, बारा जिल्लाका कांग्रेस जिल्ला सभापतिको संयोजकत्वमा ८ वटा समुह विभाजन गरि महासमिति सदस्य लगायत कांग्रेसका नेता कार्यकर्ताहरुसँग राय संकलन गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप