शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फष्टलुकमा यस्तो देखियो ‘गरुड पुराण’

आइतबार, ०२ मङ्सिर २०७५, २० : ०५
आइतबार, ०२ मङ्सिर २०७५

काठमाडौं – फिल्म ‘गरुड पुराण’ले प्रदर्शन मितिसँगै फस्टलुक्स समेत सार्वजनिक गरिएको छ । ४ माघमा प्रदर्शन मिति तोक्दै फिल्मले फस्टलुक्स सार्वजनिक गरेको हो । फष्टलुकमा अभिनेता नाजिर हुसेनलाई व्यान्ड मास्टरको रुपमा प्रस्तुत गरिएको छ । अभिनेताहरु कर्मा शाक्य, प्रविण खतिवडा, कामेश्वर चौरसिया र अभिनेत्री प्रियंका सिंह ठकुरी पोष्टरमा समेटिएका छन् ।

अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको यो फिल्ममा लुमिना तुलाधर, बसन्ध भट्ट, प्रकाश घिमिरे, कमल देवकोटा, सरोज श्रेष्ठ पनि मुख्य भूमिकामा छन् । पारिवारिक प्रेमकथामा आधारित फिल्म हास्यप्रधान जनरामा तयार भएको निर्देशक सुभाष कोइरालाले बताए ।

रेनेशा वान्तवा राईको कोरियोग्राफी रहेको फिल्ममा कोसिस क्षेत्रको संगीत, कोशिस र मनिषा पोखरेलको गायन, सुसन प्रजापतिको छायाँकन, उज्वल ढकालको सम्पादन रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप