बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपालमा पर्यटन र उद्योग लगानी वृद्वि हुने अर्थमन्त्री खतिवडाको भनाई

आइतबार, ०२ मङ्सिर २०७५, २१ : ०६
आइतबार, ०२ मङ्सिर २०७५

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले बिआरआई परियोजना सफलपछि नेपालमा पर्यटन र लगानीका क्षेत्रहरुमा फाइदा पुग्ने बताएका छन् । नेपाल चीन मैत्री मञ्चले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले बिआरआई योजनाबाट नेपालले नयाँ सम्भवनाको ढोका खोल्ने उल्लेख गरे । 

उनले नेपालमा लगानी वा ऋण भित्र्याउने मात्र नभई दुवै पक्षलाई बराबर फाइदा हुने बिषयमा काम गर्न सकिने उल्लेख गरे । उनले बिआरआई परियोजनाबाट दक्षिण एसियाका देशमा चीनले प्रविधिका क्षेत्रमा हासिल गरेको ज्ञान हस्तान्तरण गर्न सके यो क्षेत्रले महत्वपूर्ण लाभ हासिल गर्ने उल्लेख गरे ।

कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदूत यू होङले चीनले गरेको प्रगतिका बारेमा जानकारी दिँदै चीनले गरेको सफलता दक्षिण एसियाली देशलाई प्रेरणा हुने बताइन् । उनले चीनले हासिल गरेको प्रविधी सफलता, ज्ञान बिस्तार गर्न वान बेल्ट वान रोड परियोजना लाभदायक हुने उल्लेख गरिन् । 

यस्तै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शंकर प्रसाद शर्माले सन् १९८० को दशकमा नेपाल, भारत र चीनको वार्षिक व्यक्तिगत आयको औषत दर समान रहे पनि अहिले चीनको बार्षिक व्यक्तिगत आय ८ हजार अमेरिक डलर, भारतको ३ हजार अमेरिक डलर र नेपालको १ हजार डलर आसपास रहेको भन्दै चीनले छोटो समयमै उल्लेख्य प्रगति गरेको बताए । 

उनले चीनले निर्यातलाई प्रमुखता दिएको, कृषिमा आधुनिकता दिएर आर्थिक प्रगति हासिल गरेको भन्दै वान वेल्ट रोड परियोजनाले नेपालको उत्तरी क्षेत्रका साथै नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए । 

उनले नेपालको कृषि, पर्यटन तथा रेलमार्ग विकासका लागि चीनको ठूलो भूमिका हुने उल्लेख गरे ।  
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप