बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अपडेटः जीप दुर्घटनामा घाइते भएकालाई हेलिकोप्टरबाट काठमाडौ ल्याइयो

सोमबार, ०९ साउन २०७४, १६ : १०
सोमबार, ०९ साउन २०७४

बागलुङ– बागलुङको बडिगाड गाउँपालिका वडा नं. ५ ग्वालीचौरको बादिपमा जिप दुर्घटनमा परि घाइते भएकाहरुको हेलिकोप्टरबाट काठमाडौ पठाइएको छ । ध १ ज १८४ नंम्वरको पिकअप जिप दुर्घटना हुँदा घाइते भएकाहरुको उद्धार गरि उपचारको लागी सेनाको हेलिकप्टर मार्फत काठमाडौंको ग्राण्डी अस्पतालमा पठाइएको हो । 


सोमबार विहान भएको सो दुर्घटनामा ४ जनाको ज्यान गएको थियो भने ६ जना घाइते भएका थिए । गम्भिर घाइते भएका बडीगाड वडा नंं ८ रणसिंह घर भई हाल ग्वालीचौर वस्दै आएका भिम वहादुर शेर्वुजा, बडिगाड वडा नं. ८ रणसिंहका टेक वहादुर पाइजा र सोहि स्थानकै दिपशिखा पाइजा, बालमाति पाइजा, दिनेश पाईजा, र पाण्डवखानी घर भई वडिगाड ५ सिमाक वस्दै आउनुभएका भिम वहादुर श्रीसलाई काठमाडौं पठाइएको छ । 


यता सोहि दुर्घटनामा मृत्यू भएका बडीगाड गाउँपालिका वडा नं. ४ जलजलाका अन्दाजी ४२ वर्षका हुमेन काउचा, बडीगाड गाउँपालिका वडा नं. ८ सिमाकका अन्दाजी ६० वर्षका मुक्त पाइजा, वडा नं. ८ रणसिंह का अन्दाजी ३६ वर्षका नर वहादुर शेर्वुजा, र जीप चालक बडीगाड ४ जलजलाका अन्दाजी ३५ वर्षका तुल वहादुर पुनको ग्वालीचौर स्वास्थ्य चौकीमा पोष्टमार्टम गर्ने तयारी भएको गाउँपालिका प्रमुख मेहरसिंह पाइजाले जानकारी दिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप