शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

करिना सैफका छोरा तैमुरको फोटोको मूल्य सुपरस्टारको भन्दा बढी

सोमबार, ०३ मङ्सिर २०७५, ०९ : ५९
सोमबार, ०३ मङ्सिर २०७५

बलिउड जोडी करिना कपुर र सेफ अली खानका छोरा तैमुर अली खान स्टार किडमा सबैभन्दा चर्चित छन् ।  उनलाई सधैं पापाराजीले घेरिरहेका हुन्छन् र उनको फोटो सिल्भर स्क्रिनमा आएलगत्तै सबैको ध्यान उनीमा नै केन्द्रीत हुन्छ । यता तैमुर पनि आफ्नो फ्यान फलोविङमा रमाउँछन् र क्यामरा आफ्नो अगाडि तेर्सिने बित्तिकै कि त मुस्कुराउँछन् कि हात हल्लाउँछन् ।

आइतबारको कफी विद करणमा सेफ अली खान र सारा अली खान पाहुनाको रुपमा उपस्थित भए जहाँ उनीहरुले आफ्नो व्यक्तिगत जीवन र व्यवसायिक जीवनबारे चर्चा गरे । उक्त कार्यक्रममा नै तैमुर पापाराजीको रेट कार्डमा शीर्ष स्थानमा आउने बताइयो ।

सेफका अनुसार तैमुरको एउटा तस्बिरको मूल्य १५ सय भारु पर्छ । यसबारे आफूलाई आफ्नो बुवाले बताएको सेफले कार्यक्रममा बताए । सेफले यस्तो बताएपछि करनले उक्त मूल्य कुनै सुपरस्टारको भन्दा पनि धेरै भएको बताए ।

सेफले यसअघिको अन्तर्वार्तामा तैमुरले केही नयाँ शब्द सिकेको बताए । तैमुरले आफूलाई अब्बा भन्ने गरेको र चिविङ गम देख्नेबित्तिकै ‘गम’ भनेर चिच्याउने गरेको सेफले बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप