शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

करिनासँग विवाह गर्ने दिन सैफले पहिलो श्रीमतीलाई लेखेका थिए चिट्ठी, करिनाको यस्तो रह्यो प्रतिक्रिया

सोमबार, ०३ मङ्सिर २०७५, ११ : ४९
सोमबार, ०३ मङ्सिर २०७५

सेफ अली खान र करिना कपुर बलिउडका निकै चर्चित जोडी हो । कुनै सार्वजनिक कार्यक्रममा होस् वा घरभित्रकै कुनै पार्टी सबैको नजर यो जोडीमा नै अडिएको हुन्छ । यी दुईको सम्बन्ध सुरुवातदेखि नै चर्चामा रह्यो ।

यी दुईको विवाहको दिन बलिउड इन्टष्ट्रिको लागि विशेष दिन नै रह्यो । हालै, सैफले करन जोहरको कफि विद करन कार्यक्रममा आफ्नो विवाहको दिनको एक गोप्य कुरा सार्वजनिक गरे ।

करन जोहरको कार्यक्रममा सारा अली खानसँगै आएका सैफले करिनासँगको विवाहको दिन उनले अमृतालाई एउटा चिट्ठी लेखेको बताए । सैफका अनुसार उनको चिट्ठीमा आफ्ना लागि शुभकामना माग्दै एक अर्कालाई अघि बढ्न हौसल प्रदान गर्नका लागि आग्रह गरे ।

उक्त चिट्ठीमा सेफले अमृतालाई आफू नयाँ जीवनको सुरुवात गरिरहेको पनि जानकारी दिए । यसका साथै उनले अमृतालाई सफलताको लागि पनि शुभकामना दिए । सैफले उक्त चिट्ठी करिनालाई पनि देखाएको बताए । करिनाले चिट्ठी पढेपछि त्यसलाई अमृतालाई पठाउन आग्रह गरेको उनले बताए । चिट्ठी पढेपछि करिना थप सहयोगी भएको सैफले बताए ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

#SaifAliKhan breaking #DadStereotypes in style. #KoffeeWithKaran #KoffeeWithSaif #KoffeeWithSara #SaraAliKhan

A post shared by Star World (@starworldindia) on

सारा अली खानले उक्त चिट्ठी आफूले पनि पढेको बताइन् । चिट्ठी पढेपछि आफूले सैफलाई मनमनै धन्यवाद दिएको बताइन् । सारा आफ्ना बुवाको विवाहमा उपस्थित थिइन् । उक्त विवाहमा जान सारालाई अमृताले तयार गरेको उनले बताइन् ।

स्मरण रहोस्, सारा अली खान करणसँग च्याट शोमा आएका थिए । यो सारा अली खानको पहिलो अन्तर्वार्ता हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप