शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तोकिएको मितिमै पत्रकार महासंघको महाधिवेशन

सोमबार, ०९ साउन २०७४, १६ : २७
सोमबार, ०९ साउन २०७४

काठमाडौ.– नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन तोकिएकै समयमा आगामी भदौ ४ र ५ गते काठमाडौंमा हुने प्रष्ट पारेको छ । महासंघका महासचिव उजिर मगरले त्यसका लागि सम्पूर्ण तयारी द्रद्रूतरूपमा भैरहेको बताएका हुन् । मगरले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रेस युनियनजस्तो जिम्मेवार संस्थाले महाधिवेशन सार्ने कार्य हुन लागेको भनी भ्रमपूर्ण विज्ञप्ति जारी गरेकोमा नेपाल पत्रकार महासंघ आश्चर्यचकित भएको उल्लेख गरेका छन् । ।
महासंघले महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्ने तयारी गरिरहेको र सो मितिमै हुने भएकोले महाधिवेशन टार्ने वा भाड्ने षड्यन्त्रपूर्वक गरिएको यस्ता गलत प्रचारको भ्रममा नपर्न महासंघ सम्वद्ध सबैमा आग्रह गरेको छ । साथै, महासंघले विधिवतरूपमा टुंगो लगाएका विषयलाई गलत ढंगले उछालेर महाधिवेशन बिथोल्ने प्रपञ्च नगर्न सम्बन्धित पक्षलाई गम्भीरतापूर्वक आग्रहसमेत गरेको छ । महासंघले महाधिवेशन भव्यतापूर्वक सम्पन्न गर्न सहयोगका लागि सम्पूर्ण पत्रकार, संघसंस्था र सम्वद्ध सबैमा अपिल पनि गरेको छ । 
    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप