बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

दीपिका पादुकोण र रणवीर सिंहमा को धेरै धनी ?

सोमबार, ०३ मङ्सिर २०७५, १३ : ११
सोमबार, ०३ मङ्सिर २०७५

एजेन्सी– बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह हालै इटालीमा विवाह गरे । संजय लीला भंसालीको फिल्मबाट नजिकिएका दीपिका र रणवीरले प्रेम सम्बधलाई विवाहमा परिणत गरेपछि उनीहरु यतिबेला सामाजिक सञ्जालमा छाएका छन् ।  

उनीहरु दुवैका फिल्म बलिउडमा सफल कलाकार पनि हुन् । पछिल्ला केही चलचित्रमा सँगै काम गर्दै आएका यी दुईको जोडीलाई भरपुर माया मिलिरहेको । 

करियरको उचाइमा रहेका दुवै महँगा र धनी कलाकार हुन् । दीपिका पादुकोण मोटो रकम पारिश्रमिक लिने अभिनेत्रीका पर्छिन् । उनले संजय लीला भंसालीको फिल्म ‘पद्मावत’ मा १२ करोड पारिश्रमिक लिएकी थिइन् । जुन रकम उनले को–स्टारको भन्दा बढी रहेको थियो । उनी हरेक फिल्ममा ८ देखि १० करोड पारिश्रमिक लिने गर्छिन् । 

२०१७ मा फोब्र्सले जारी गरेको १०० धनी कलाकारको सूचिमा दीपिका पादुकोण ११ नम्बरमा पर्न सफल भएकी थिइन् । उनको कुल सम्पति ५९. ५ करोड छ । 

साथै दीपिका ब्यूटी ब्रान्ड, गोआईबीबो, लोरेल, एक्सिस बैंक, एशियन पेन्ट जस्ता ब्रान्डका विज्ञापन गर्छिन् । जसको लागि ५ देखि ७ करोड लिने गर्छिन् । 

सन् २०१७ मा फोब्र्सले जारी गरेको धनि सेलिब्रेटीको सूचिमा सबैभन्दा धनि मध्ये १० नम्बरमा पर्न सफल अभिनेता रणवीर सिंंहको कुल सम्पति ६२.६ करोड रहेको छ । 

रणवीर सिंह टुरिजम्, चिंग सीक्रेट, ज्याक एण्ड जोन्स, रुपा फ्रन्टलाइन जस्ता ब्राण्डको विज्ञापन गर्छन् । 

फोब्र्सकोे २०१८ को धनि अभिनेता÷अभिनेत्रीको सूची जारी नभएसम्म २०१७ को सूचीलाई आधार मान्ने हो भने दीपिकाभन्दा रणवीर धनी छन् ।  
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप