सर्यो परमिताको ‘दि कर्मा’
काठमाडौं – फिल्म ‘दि कर्मा’ आगामी शुक्रबार नलाग्ने भएको छ । प्राविधिक काम नसकिएकोले फिल्म शुक्रबारबाट प्रदर्शनमा आउन नसक्ने निर्माण युनिटले जनाएको छ ।
निर्देशक देवकुमार श्रेष्ठले फिल्म अब ४ माघमा मात्र प्रदर्शनमा आउने जानकारी दिए । ‘हतारमा रिलिज गर्दा फिल्म बिग्रन सक्छ’ उनले भने ‘उत्कृष्ट बनाउन हामीले प्राविधिक कार्यलाई पनि समय दिनु पर्ने हुन्छ ।’
नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनाक बिषय बनाइएको फिल्म जयराज रायले निर्माण गरेका हुन् । रामेश्वर कार्कीको छायांकन रहेको फिल्ममा निशा खतिवडा समेत निर्मात्रीको रुपमा रहेकी छन् ।
जय मिडिया म्यानेजमेन्ट प्रा.लिको ब्यानरमा बनेको ‘दि कर्मा’ को कथा निर्माता राय आँफैले लेखेका हुन् । फिल्ममा मोडल करण वर्मा, नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायतको अभिनय रहेको छ । फिल्म नेपाली र हिन्दी भाषामा समेत तयार हुने निर्देशक श्रेष्ठको भनाई रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ