बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

साँच्चै तौल घटाउन चाहनुहुन्छ भने नगर्नुहोस् यी पाँच गल्ती

सोमबार, ०३ मङ्सिर २०७५, १३ : ३८
सोमबार, ०३ मङ्सिर २०७५

तौल घटाउनका लागि धेरैजसो मानिसहरु डाइटिङको बाटो रोज्छन् । यसका लागि डाइट चार्ट बनाउँछन् । तर धेरैजसो यो चार्टलाई पालना नै गर्दैनन् । जबकी केहीले भने डाइट चार्ट बनाउने बेला नै गल्ती गर्छन् जसका कारण तौल घट्न निकै गाह्रो हुन्छ । डाइट चार्ट बनाउने बेला केही कुरा ध्यान दिनुपर्ने हुन्छ जसबारे हामी कुरा गर्दै छौं ।

आफूलाई मनपर्ने खानेकुरा समावेश गर्नुः

धेरै मानिसहरु डाइट चार्ज बनाउने बेला स्ट्रिक्छ हुन्छ र त्यस्ता खानेकुरा मात्र समावेश गर्छन् जसमा क्यालोरी कम हुन्छ । यसै कारण उनीहरु चाँडै नै डाइटिङबाट बोर हुन्छन् र बहाना बनाएर अस्वस्थकर खानेकुरा खान थाल्छन् । यस्तो समस्याबाट बच्नका लागि डाइट चार्टमा आफूलाई मनपर्ने खानेकुरा पनि समावेश गर्नहोस् । यद्यपी, कसमा क्यालोरी धेरै छ र अस्वस्थकर छ, त्यो भने याद गर्नुपर्छ । यस्ता खानेकुरा हप्तामा एक वा दुई पटक र थोरै मात्रामा खानुहोस् ।

भोको नबस्नुहोस्, थोरै थोरै खानुहोस्ः

डाइटिङको चक्करमा मानिसहरु भोका बस्न थाल्छन् । दिनभरी भोको बस्ने र बेलुका टन्न खाँदा तपाईंको बोसो कम हुँदैन । समय समयमा खाइरहनुहोस् । यसो गर्दा स्वास्थ्य पनि राम्रो हुन्छ र तपाईंलाई भोक पनि लाग्दैन । यसले मेटाबोलिजम पनि तेज हुन्छ । आफ्नो पूरा डाइटलाई तीन मुख्य भोजन र तीन नास्तामा बाँड्नुहोस् । दिउँसो मेटाबोलिजम स्लो हुन्छ त्यसकारण तपाईं पहिलेको आधा दिनमा दुईपटक भरपेट खाना खानुहोस् । बिहान र दिउँसोको भोजनमा लापरवाही नगर्नुहोस् ।

जे खानुहुन्छ त्यो इमान्दारीपूर्वक लेख्नुहोस्ः

तपाईं हरेक दिन के खाइरहनु भएको छ त्यो लेख्दा तपाईं आफैंप्रति इमान्दार हुनुहुनेछ र यसो गर्दा तपाईंले दिनमा कतिपटक खानुभएको छ, त्यो थाहा हुन्छ । यो सबैभन्दा महत्वपूर्ण कुरामध्येको एक हो ।

डाइटिङमात्र होइन, व्यायाम पनि आवश्यकः

धेरैजसो मानिस हरेक दिन अतिरिक्त सय क्यालोरी घटाएर आफ्नो तौल कम गर्न सक्छन् । यसका लागि दैनिक व्यायाम गर्नुहोस् जस्तै वाकिङ, जगिङ, रनिङ, साइक्लिंग, स्विमिङ आदि । यो तपाईंलाई फिट राख्नका लागि पर्याप्त छन् ।

रातीको खाना चाँडै खानुहोस्ः

राती सुत्नु दुई घण्टाअघि खाना खानु राम्रो । यसले तपाईंलाई बेलुका अस्वस्थकर खाजा खानबाट जोगाउँछ नै यसो गर्दा तपाईंको खाना पच्नका लागि पर्याप्त समय पनि हुनेछ । कुनै पनि भारी खाना खानु कम्तीमा आधा घण्टा अघि फल खाने सल्लाह दिइन्छ । यस्तो गर्दा फल चाँडै नै पच्नेछ । खाली पेटमा फल खाँदा तपाईंको सिस्टम विषरहित हुन्छ र तौल कम गर्नका लागि तपाईंलाई धेरै ऊर्जा दिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप