बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सबै मिलेर जनताको सपना पूरा गर्नुपर्छ : यादव

सोमबार, ०३ मङ्सिर २०७५, १३ : ५१
सोमबार, ०३ मङ्सिर २०७५

लहान– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जनताले विकास र समृृद्धि खोजेकाले सबै मिलेर यसको पूर्ति गर्नुपर्ने बताएका छन् ।

सिरहाको कर्जन्हा नगरपालिका–६ भेरवा खोलामा पुलको शिलान्यास गर्दै सांसद यादवले सबै दल मिलेर जनताको सपना पूरा गर्नुपर्ने बताए । चुनावको बेला आफूले जनतासँग गरेको बाचा पूरा गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

दलित, गरिब र असहायलगायतको नाममा राजनीति गरियो, तर नेतृत्वकर्ताले काम गर्न नसक्दा ती समुदाय पछि पर्दै गए,’ उनले भने । सिरहा क्षेत्र नं ४ बाट निर्वाचित सांसद यादवले आफ्नो क्षेत्रमा पर्ने कर्जन्हा नगरपालिकाको विकास गर्न संसदीय कोषको ५० प्रतिशतभन्दा बढी खर्च गर्न लागेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप