शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युइएफए नेसन्स कप : ह्यारिसको ह्याट्रिकसँगै स्वीट्जरल्यान्ड सेमिफाइनलमा

सोमबार, ०३ मङ्सिर २०७५, १४ : ०७
सोमबार, ०३ मङ्सिर २०७५

एजेन्सी– प्रभावशाली खेलाडी हरिस सेफिरेभिकले ह्याट्रिक गरेपछि स्वीट्जरल्यान्ड युइएफए नेसन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राती भएको खेलमा स्वीजरल्यान्डले बेल्जियमलाई  ५–२ गोलले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

खेलमा बेल्जियमले सुरुवाती अग्रता लिएको थियो । दोस्रो मिनेटमै बेल्जियमका थोगन हजार्डले खाता खोलेका थिए । थोगनलेनै १७ औं मिनेटमा अर्को गोल गर्दै टोलीको उत्साह बढाएका थिए ।

बेल्जियमको गोलपछि आक्रामक बनेको स्वीट्जरल्यान्डले २६ औं मिनेटमा पहिलो गोल गर्दै खेलमा फर्किएको थियो । स्वीट्जरल्यान्डका लागि रोड्रिग्वेजले पहिलो गोल फर्काए । त्यसपछि सेफिरेभिकले ३१ औं, ४४औं र ८४औं मिनेटमा गोलगर्दै ह्याट्रिक पुरा गरे ।

यसअघि ६२औं मिनेटमा निसो इलभेडीले एक गोल गरेका थिए । जितसँगै समूह ‘ए’ बाट दोस्रो ग्रुपमा रहेको स्वीट्जरल्यान्डले नौ अंक बनायो । समान नौ अंक बनाएको बेल्जियम दोेस्रो स्थानमा रह्यो । अंक विहिन आइसल्यान्ड रेलिगेसनमा पर्यो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप