केन्द्रीय संस्करण

ए डिभिजन लिग : संकटाको दोस्रो जित

person access_timeमंसिर ३, २०७५ chat_bubble_outline0

काठमाडौं– संकटा क्लबले पल्सर शहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । एन्फा कम्प्लेक्स सातदोवाटोमा सोमबार भएको पहिलो खेलमा सुरुवातमै १० खेलाडीमा समेटिए पनि संकटाले जाउलाखेललाई २–० गोलले हरायो । जितसँगै संकटाले ६ अंक बनाएको छ । पहिलो खेलमा संकटाले सरस्वती युथ क्लबलाई १–० गोलले हराएको थियो ।

१९ औं मिनेटमा अफ्रिकी खेलाडी एलोन म्याक्सवेल दोहोरो पहेंलो (रातो कार्ड) पाउँदै बाहिरिएपछि संकटा १० खेलाडीमा समेटिएको थियो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा संकटाले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।

संकटाका लागि दुवै गोल अफ्रिकी खेलाडी सेड्रिक आब्बाले गरे । आब्बाले ५८ औं मिनेटमा सुवास गुरुङको पासमा गोल गरेका थिए । आब्बाले ८५ औं मिनेटमा अर्को गोल गर्दै टोलीको अग्रदा दोब्बर बनाए । अब्बाले लक्ष्मण रुचालले दिएको पासमा डिबक्स भित्रबाट गोल गरेका थिए । 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ