शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उपप्रधानमन्त्री माग्दै सुजाताले भनिन्– यसरी पार्टी चल्दैन

सोमबार, ०९ साउन २०७४, १६ : २९
सोमबार, ०९ साउन २०७४

काठमाडौं–नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीभित्रको ६०/४० को भागबण्डा अन्त्य हुनुपर्ने बताएकी छिन् । 


सोमबार काठमाण्डौमा भएको साक्षात्कारमा नेतृ कोइरालाले पार्टीभित्र गुटबन्दी हुनु दुःखदायी कुरा भएको उल्लेख गर्दै भनिन्,‘पार्टीभित्र देखिएको ६० र ४० को भागबण्डा दुर्भाग्य हो, ग्रुपिज्म अन्त्य भएन भने पार्टी समाप्त हुन्छ, त्यसैले पार्टीभित्र अब सक्षम, ईमान्दार, त्यागी, संघर्ष गरेका र क्षमतावान नेताहरुलाई स्थान दिनुपर्छ, मन्त्रिमण्डल विस्तार गर्दा पनि त्यही अनुसार गर्नुपर्छ, फलानोको र ढिस्कानोको मान्छे भनेर मन्त्रिमण्डल र पार्टीका पदाधिकारी तथा केन्द्रिय कार्यसमितिमा नियुक्ती गर्नु उचित हुँदैन् ।’ 


उनले भनिन ‘अब पनि गुटबन्दी हुनु भनेको पार्टी ध्वस्त हुनु हो, गुटबन्दी भयो भने कसरी एउटा पार्टी हुन्छ ? यो त दुई वटा पार्टीजस्तै भैगयो नि ?’ उनले पार्टीभित्रका राम्रा–राम्रा मान्छेहरु अहिले सुतेर बसेको समेत गुनासो पोखिन् । कांग्रेसले पार्टीभित्र महिलाहरुलाई स्थान नदिए ठूलो दशा भोग्नुपर्ने समेत उनले चेतावनी दिईन् । त्यस्तै उनले पार्टीभित्र महिलालाई पनि उपसभापति दिनुपर्ने बताउँदै त्यसको लागि आफू योग्य रहेको जिकिर गरिन् । 


तपाई पनि उपप्रधानमन्त्री बन्न चाहानुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्,‘म पनि नेता हुँ, मेरोपनि पार्टीमा योगदान छ, म पनि उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री भैसकेको मान्छे हुँ, मलाई माईनस गरिएको छ, मेरो पनि ७५ जिल्लामै नेटवर्किङ्, सही मान्छेलाई पन्छाएर पार्टी चल्दैन, अहिले सबैलाई सुताईएको छ ।’ 


फरक प्रसँगमा उनले संविधान संशोधन प्रस्तावलाई तत्काल थाँती राख्नुपर्ने समेत स्पष्ट पारिन् । हालै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अघि सारेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेण्डा फेरि मुलुकलाई अस्थिरतातर्फ धकेल्ने बकवास कुरा भएको उनको आरोप थियो ।

उनले भनिन्,‘प्रधानमन्त्रीय पद्धती नै उचित छ, तल्लो सदनमा समानुपातिक हुनुहुँदैनथियो, माओवादीले जिद्दि गरेर राखिएको हो, त्यसैले अहिले आएर अन्ट सन्ट कुरा गर्नुहुँदैन् ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप