बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रकाश मिलनसार र व्यवहारिक युवा थिए : प्रधानमन्त्री ओली

सोमबार, ०३ मङ्सिर २०७५, १४ : ३५
सोमबार, ०३ मङ्सिर २०७५

ललितपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश दाहाल मिलनसार र व्यवहारिक युवा भएको बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाशको निधन भएको एक बर्ष पुगेको अवसरमा  प्रचण्ड निवास खुमलटरमा आयोजित स्मृति सभामा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

‘महत्वपूर्ण व्यक्तिको सचिवालयको जिम्मेवारी लिएर त्यसलाई कुशलतापूर्वक व्यवस्थापन गर्नु सजिलो छैन प्रधानमन्त्री ओलीले भने, ‘विभिन्न मानिसका विभिन्न माग, आक्रोश सुनेर त्यसको निरुपण पनि गरिदिनुपर्ने हुन्छ । तर त्यस जिम्मेवारीलाई प्रकाशले कुशलतापूवर्क व्यवस्थापन गरेका थिए ।’

प्रकाश दाहालको मृत्यूको खबर आफूले चुनावी दौडानमा भएका बखत आफ्नै निर्वाचन क्षेत्र झापामा सुनेको प्रधानमन्त्रीले स्मरण गरे । प्रधानमन्त्री ओलीले प्रकाशको असामयिक निधनले प्रचण्ड परिवार, पार्टी र राष्ट्रलाई नै क्षति पुगेको प्रधानमन्त्री ओलीको धारणा थियो । ‘उमेर, अपेक्षा, समय बाँकी हुँदै भएको निधन धेरै पिडादायी हुन्छ । प्रकाशको निधन त्यस्तै भयो’ प्रधानमन्त्री ओलीले भने’ ‘तर शोकको घडीमा पनि परिवारले गरेको धैर्य अनुकरणीय छ ।’

कार्यक्रममा प्रकाशको स्मृतिमा प्रकाशित प्रकाश दाहाल स्मारिका उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले संयुक्र रुपमा विमोचन गरेका थिए ।
प्रकाश दाहालको गत वर्ष मसिर ३ गते हृदयघातबाट नर्भिक अस्पतालमा निधन भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप