शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारको नियत र क्षमतामाथि प्रश्न उठ्योः गगन थापा

सोमबार, ०३ मङ्सिर २०७५, १५ : ००
सोमबार, ०३ मङ्सिर २०७५

काठमाडौं–नेपाली कांग्रेका युवा नेता गगन थापाले वर्तमान सरकारको नियत र क्षमतामाथि प्रश्न उठेको बताएका छन् । 

सोमबार पार्टी कार्यालय सानेपामा आयोजित ३ नम्बर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै नेता थापाले संविधान कार्यान्वयनमा कांग्रेसले जिम्मेबार पूर्ण भूमिका निर्वाह गरेपनि सरकार जनता र प्रतिपक्षी दल प्रति उत्तरदायी र जिम्मेवार नबनेको टिप्पणी गरेका हुन् । 

उनले संविधान कार्यान्वयका लागि आवश्यक विधेयक पारित गर्न कांग्रेसले जिम्मेबार ढंगले भुूमका निर्वाह गरेको दाबी उनले गरे । 

 लोकतन्त्रको संरक्षणमा भने सरकारको नियत र क्षमतामा नै प्रश्न उब्जिएकाले नियत र प्राप्त सफलताका बीच कांग्रेसले नयाँ बाटो कोर्न सक्नुपर्ने बताए । 

राजनीतिक मस्यौदा समितिका सदस्य समेत रहेका नेता थापाले कांग्रेसले देखाउने बाटो अरुले पछ्याउने भएकाले ‘हामीले गर्ने हो भन्ने कुरालाई स्थापित गर्नुपर्छ ’ भन्ने ढंगले अघि बढ्नुपर्ने उल्लेख गरे । उनले भने, “संविधान कार्यान्वयका सम्बन्धमा कांग्रेस नेता हो । कांग्रेस सत्ता हो । कांग्रेसले देखाउने बाटो अरुले पछ्याउने हो । हामीले गर्ने हो भन्ने कुरालाई स्थापित गर्नुपर्छ ।” उनले नेताहरुमा देखिएको मतभिन्नता, निरासा र सम्पुर्ण किसिमका अलमललाई महासमिति बैठकले चिर्नुपर्ने बताए । 

उनले महासमिति बैठकले संगठन सुदृढीकरण तथा दीर्घकालीन र अल्पकालिन रुपमा अबलम्बन गर्नुपर्ने रणनीतिको साथै राष्ट्रिय र अन्तराष्ट्रिय महत्वका विषयमा प्रभावकारी निर्णय गर्नुपर्ने उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप