बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियाका नाथन पोखराको प्रशिक्षकमा नियुक्त

सोमबार, ०३ मङ्सिर २०७५, १५ : ०५
सोमबार, ०३ मङ्सिर २०७५

काठमाडौं–मंसिर २२ देखि पुस ६ गतेसम्म कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा सञ्चालन हुने टिभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि पोखरा राइनोजले आफ्नो मुख्य प्रशिक्षकमा अष्ट्रेलियन नागरिक नाथन डोडलाई नियुक्त गरेको छ । 

पोखराले सोमबार नाथनलाई प्रशिक्षक बनाएको विज्ञप्तीमा उल्लेख छ । नाथन लेभर तीन गरेका प्रशिक्षक हुन् । 

हालै मात्र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को मान्यता पाएको आइपीएलमा विभिन्न ६ शहरका ६ वटै फ्रेन्चाईज टोलीले प्रतिस्पर्धा गर्नेछन् । 

राउन्ड रोविन लिगमा आधारमा खेलाईने प्रतियोगितामा काठमाडौं, ललितपुर, बिराटनगर, भैरहवा, बीरगन्ज र पोखराबीच प्रतिस्पर्धा हुनेछ । अघिल्लो संस्करणको आइपीएल उपाधि बिराटनगरले उचालेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप