शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय वाणिज्य बैंकको नाफा १ अर्ब १२ करोड

सोमबार, ०३ मङ्सिर २०७५, १५ : १३
सोमबार, ०३ मङ्सिर २०७५

काठमाडौँ– चालू आर्थिक वर्षको पहिलो तीन महिनामा राष्ट्रिय वाणिज्य बैंकले रु एक अर्ब १२ करोड मुनाफा कमाएको छ । 

चालू आवको पहिलो त्रैमासको विवरण सार्वजनिक गर्ने ‘क’ वर्गका वाणिज्य बैंकमध्ये वाणिज्य बैंकको नाफा नै बढी रहेको पाइएको छ । गत वर्षको सोही अवधिमा बैंकले रु ७० करोड ९५ लाख नाफा कमाएको थियो । बैंकले पछिल्लो तीन महीनामा रु एक खर्ब ६४ अर्ब निक्षेप सङ्कलन गरी रु एक खर्ब २३ अर्ब ऋण लगानी गरेको छ । 

बैंकको चुक्ता पूँजी रु नौ अर्ब पुगेको छ भने जगेडा कोष १४१ दशमलब ६७ प्रतिशतले बढेर रु १२ अर्ब ५४ करोड पुगेको बैंकले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ । 

यस्तै बैंकको पूँजी कोष अनुपात १३.७५ प्रतिशत छ भने खराब कर्जा ३.८३ प्रतिशत पुगेको छ । आधार ब्याजदर पनि बढेर ६.३३ प्रतिशत पुगेको छ । यसैगरी बैंकको कर्जा निक्षेप अनुपात ६७.८७ प्रतिशत छ । यस्तै प्रतिशेयर आम्दानी गत वर्षको सोही अवधिको तुलनामा चार रुपैयाँले बढेर १२ रुपैयाँ ४४ पैसा पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप