शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुर्गन्ध हटाउने प्रविधिको परीक्षण

सोमबार, ०३ मङ्सिर २०७५, १५ : ३६
सोमबार, ०३ मङ्सिर २०७५

काठमाडौं–राजधानीमा जैविक फोहोरको दुर्गन्ध हटाउने प्रविधिको परीक्षण गरिएको छ । 

काठमाण्डौ महानगरपालिकाको नेतृत्वमा सोमबार बिहान टेकु ट्रान्सफर स्टेशनमा रगत मिसिएको कुखुराको प्वाँख, राँगा भैसीको लादी लगायतका जैविक फोहोरमा माइक्रो बायो पोजेटिभ व्याक्टेरिया मिसाएर दुर्गन्ध हटाउने विधिको परीक्षण गरिएको हो । 

इड्मा इन्टरनेशनल कम्पनीका प्रतिनिधिका अनुसार यो विधिले फोहोरबाट उत्पादन हुने दुर्गन्ध हटाउँछ ।

 यो विधि, जैविक फोहोरमा प्रयोग गरिन्छ । यो व्याक्टेरिया सकारात्मक व्याक्टेरिया हो । यसले मानव स्वास्थ्यमा कुनै पनि असर गर्दैन ।

 निष्क्रिय बनाएर राखिएको व्याक्टेरियालाई सक्रिय बनाएर यसको प्रयोग गरिन्छ । परम्परागत फोहोर व्यवस्थापनका विधिलाई आधुनिक बनाउन्दै लैजाने क्रममा यस प्रकारको परीक्षण गरिएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप