शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिटिजन्स बैंक बण्ड २०८५ को बिक्री प्रबन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल

सोमबार, ०३ मङ्सिर २०७५, १५ : ३७
सोमबार, ०३ मङ्सिर २०७५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एक हजार अंकित दरका २५,००,००० कित्ताले हुुन आउने २ अर्ब ५० करोड  बराबरको ‘सिटिजन्स बैंक बण्ड २०८५’  निष्कासनको निम्ति ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्ति गरेको छ ।

ऋणपत्र निष्कासन सम्बन्धि सम्झौता पत्रमा सिटिजन्स बैंक तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

२ अर्ब ५० करोड बराबरका ऋणपत्र मध्ये ८० प्रतिशत (२ अर्ब) व्यक्तिगत र २० प्रतिशत (रु ५० करोड) सर्वसाधरणहरुकालागि नेपाल धितोपत्र बोर्डको स्वकृति पश्चात् निष्कासन तथा बिक्री खुला हुनेछ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप