बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चोर पक्राउ गर्न इन्सपेक्टरलाई घुस, अख्तियारले चलायो मुद्दा

सोमबार, ०३ मङ्सिर २०७५, १५ : ४३
सोमबार, ०३ मङ्सिर २०७५

काठमाडौं– सुनचाँदी पसल चोरेर भागेको चोर पक्राउ गर्नका लागि घुस मागेको आरोप लागेका इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतका इन्सपेक्टर सुशोभन श्रेष्ठ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले सोमबार विशेष अदालत काठमाडौंमा १५ हजार बिगो कायम गरेर भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार जरिवाना र कैद सजायँ मागदावी लिँदै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

चोर समात्न घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले इन्सपेक्टर श्रेष्ठ र जवान लामिछानेलाई १५ हजार घुस रकम सहित पक्राउ गरेको थियो ।

अख्तियारको अनुसन्धानबाट इन्सपेक्टर श्रेष्ठले घुस बापतको रकम जवान तिलक लामिछानेलाई लिन लगाएको खुलेको छ । 
प्रहरी जवान तिलक लामीछाने यथार्थ विवरण खुलाएर अनुसन्धानमा सहयोग गरेको भन्दै आयोगले उनलाई साक्षीको रुपमा मात्र प्रस्तुत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप