बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

प्यूठानमा सवारी कारवाहीबाट ३४ लाख राजस्व संकलन

सोमबार, ०९ साउन २०७४, १६ : ३३
सोमबार, ०९ साउन २०७४

राधिका भुसाल


 प्यूठान–  प्यूठानमा यस आर्थिक वर्ष २०७३÷०७४ को असार मसान्त सम्ममा ट्राफिक कारवाहीबाट ३४ लाख ४२ हजार रुपैयाँ राजस्व सकंलन भएको छ । साना ठुला गरी ६ हजार ३ सय  सवारी साधन कारवाहीबाट यति राजस्व सकंलन भएको जिल्ला ट्राफिक कार्यालय देविस्थान प्यूठानले जानकारी दिएको छ । 


ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक ज्ञानेन्द्र शर्माका अनुसार वर्षेनी कारबहिमा पर्ने सवारी साधनको संख्या वढ्दो रहेको छ । गत आर्थिक वर्षमा जिल्लामा ६ हजार ५ सय सवारी साधनहरु कार्वाहीमा परेका थिए । 


तोकिएको भन्दा धेरै यात्रुहरु राख्ने, मालसामान धेरै राख्ने, प्रयोजन विपरित सवारी चलाउने गरेमा, छतमा यात्रु राखेमा र  हेलमेट नलगाइ मोटरसाइकल चलाएको खण्डमा ट्राफिक नियम अनुसार ५ सय रुपैयाँ जरिवाना गरिने ब्यवस्था छ । 


लगातारका वर्षहरुको तथ्याकंलाई हेर्दा वर्षैपिच्छे ट्राफिक नियम उलघंन गर्नेहरु बढ्दै गएका छन् । विगत ५ वर्षको अवधिमा प्यूठान जिल्लामा ट्राफिक नियम उलघंन गर्नेहरु दोब्बरले वढेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप