शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गोविन्द केसीले सुरु गरे ११ औं पटकको अनसन, विवेकशीलद्वारा धर्ना

सोमबार, ०९ साउन २०७४, १८ : २०
सोमबार, ०९ साउन २०७४

काठामाडौं– सरकारले यसअघिका सहमति कार्यान्वयन नगरेको भन्दै प्राध्यापक डा गोबिन्द केसीले आजबाट अनसन सुरु गरेका छन् ।

उनको यो ११ औं पटकको अनसन हो । चिकित्सा शिक्षा सुधारको मागमा सरकारले गरेका सहमति पालना नगरेको भन्दै केसीले आज शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरेर अनसन सुरु गरेका हुन् । यसअघि केसीले सरकारलाई माग पुरा गर्न असार ३१ गतेसम्मको अल्टिमेटम दिएका थिए ।

सोमबार महाराजगंजस्थित शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी उनले चिकित्सा क्षेत्रमा देखिएको अनियमितता रोक्न सरकारलाई दवाव दिन आफूले पटक पटक आमरण अनसन गर्नु परेको पनि स्पष्ट पारे । 

वरिष्ठ चिकित्सक केसीले माथेमा प्रतिवेदनले दिएका सुझावसहित चिकित्सा शिक्षा ऐन पारित गर्न पनि सरकारसँग माग गरे । उनले आफू आमरण अनसनमा बसेपनि शिक्षण अस्पतालको उपचार सेवामा भने कुनै असर नपर्ने पनि स्पष्ट पारे । 

केसीले चिकित्सा शाष्त्र अध्ययण संस्थानको पदाधिकारी नियुक्ति वरिष्ठताको आधारमा गर्नुपर्ने, चिकित्सा शिक्षणको अध्ययण शुल्क सुलभ बनाउनुपर्ने लगायतका माग सम्बोधन गर्न सरकारलाई दवाव दिँदै आएका छन् ।

माथेमा प्रतिबेदन कार्यान्वयन गर्नुपर्ने, चिकित्सा शिक्षा अध्ययन संस्था आईओएममा डिनको सिफारिसमा सहायक डिन र क्याम्पस प्रमुख नियुक्ति गर्नुपर्ने तथा सरकार र अदालतको आदेश नमान्ने मेडिकल कलेजको सम्बन्धन खारेज गर्नुपर्ने उनको माग छ ।

यसैबीच विवेकशील नेपाली दलले केसीको माग सम्बोधनको लागि दवाद दिन त्रिवि शिक्षण  अस्पतालमा धर्ना दिएको छ ।

 केसीको समर्थनमा ब्यानरसहित विवेकशील नेपाली दलका कार्यकर्ता धर्नामा सहभागि भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप