शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजार ६.४८ अंकले घट्यो

सोमबार, ०९ साउन २०७४, १६ : ५७
सोमबार, ०९ साउन २०७४

काठमाडौं–नेपालको पुँजी बजार सोमबार ६.४८ अंकले ओरालो लागेको छ । एक सय ५३ कम्पनीको १७ लाख ४० हजार ४ सय ५७ कित्ता सेयर बिनवेच भएको बजारमा एक अर्ब ६ करोड ८१ लाख ६६ हजार ७ सय ६९ रुपैयाँको कारोवार भएको छ । 


बैक, होटल, बिकास बैंक, जलविद्युत समूहको सूचक ओरालो लागेको आज फाइनान्स, बीमा  उत्पादनमुलक समूहका मात्र सूचक बढेको छ । आज बैकिङ समूहको सूचक १५.२६ अंकले घटेको छ भने होटल समूहको सूचक २६.७१, बिकास बैंक समूहको सूचक ७.०४, जलविद्युत समूहको सूचक ४.०२ र अन्य समूहको सूचक ०.५८ अंकले घटेका छन् । 


आज फाइनान्स समूहको सूचक ३.६१, बीमा समूहको सूचक १००.७ र उत्पादनमुलक समूहको सूचक ३९.७८ अंकले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज बजार घटेपनि कारोवार रकम भने एक अर्ब भन्दा माथिनै रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप