शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रातेकाइलाको हातबाट बर्षालाई मिसेस नेपाल आइकनको ताज

सोमबार, ०९ साउन २०७४, १६ : ५७
सोमबार, ०९ साउन २०७४


काठमाडौं – भक्तपुर कौशलटारकी वर्षा कार्की ‘मिसेस नेपाल आइकन २०१७’ चुनिएकी छन् । एएनपी मिडिया हाउसद्धारा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा अभिनेता सुनिल थापाले सोधेको प्रश्नमा गहकिलो उत्तर दिँदै वर्षाले चौथो संस्करणको मिसेस नेपाल आईकन जितेकी हुन् । प्रतियोगीतामा उनले बेष्ट स्पीच र बेष्ट परफरमेन्स उपाधि समेत हात पारिन् । उनलाइ अभिनेता रातो काइला अर्थात सुनिल थापाले उपाधि लगाइ दिए ।
३० पेशाकर्मी र गृहिणीका बिच भएको अन्तिम स्पर्धामा जयन्ती श्रेष्ठ उप्रेती फष्ट रनर्सअपका साथ बेष्ट सिङ्गर, रचना श्रेष्ठ सेकेन्ड रनर्सअपका साथ बेष्ट हेयर, सुमीरा श्रेष्ठ थर्ड रनर्सअपका साथ मस्ट कन्फीडेन्ट तथा पार्वती केसी शाही फोर्थ रनर्सअपका साथ बेष्ट पर्सनालिटी भए । 

विभिन्न सांगितीक प्रस्तुतिका साथ अगाडि बढाइएको प्रतियोगितामा बिभिन्न दर्शन बिधामा समेत बिजेता छानिए । अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा भएको प्रतियोगितामा अभिनेता सुनिल थापा, अभिनेत्री सञ्चिता लुईटेल, हिसानका अध्यक्ष रमेश सिलवाल, बैंकर अनिता प्रधान, शिक्षासेवी पुर्ण लामा  र सरोज प्याकुरेल निर्णायक रहेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप