बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

संसदमा आंशिक प्राध्यापकका आवाज उठ्ने

सोमबार, ०९ साउन २०७४, १६ : ५७
सोमबार, ०९ साउन २०७४

काठमाडौँ–सत्तारुढ तथा प्रमुख प्रतिपक्ष दलका नेताहरुले आंशिक प्राध्यापकहरुको समस्या समाधान गर्न आफूहरु लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सत्तारुढ दल नेपाली काँग्रेसका सांसद तथा पूर्वमन्त्री नारायण प्रसाद साउदले सोमबार राजधानीमा आयोजित नेपाल आंशिक प्राध्यापक संघको राष्ट्रिय भेलामा बोल्दै आंशिक प्राध्यापकहरुको व्यवस्थापन गर्न आफुले दबाब दिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद् रामेश्वर फुयाँलले आंशिक प्राध्यापकहरूका समस्या अब आफूले संसद्मा प्रवेश गराई समाधान निकालेरै छोड्ने प्रतिबद्धता जनाए । राज्य र विश्वविद्यालयले बौद्धिक शोषण गर्न नपाइने उनको तर्क थियो ।  प्रगतिशील प्राध्यापक संघका अध्यक्ष प्रा डा यादव लामिछानेले आंशिक प्राध्यापकको समस्या समाधान गर्न सम्बन्धित निकायहरुमा दबाब दिइरहेको बताएका थिए । 


पद्मकन्या क्याम्पसको डेनिस हलमा आयोजित नेपाल आंशिक प्राध्यापक संघको राष्ट्रिय भेलामा देशका ६० वटा त्रिवि आंगिक क्याम्पसका २०० आंशिक प्राध्यापकहरूको उपस्थिति थियो ।

 यसैवीच संघले साउन १० गतेदेखि त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय अगाडि रिले अनुसन शुरु गर्ने घोषणा गरेको छ । पहिलो चरणको रिले आन्दोलन २२ साउनसम्मका लागि घोषणा गरिएको छ भने त्यतिन्जेलमा माग पूरा नभए संघले थप कडा आन्दोलनका कार्यक्रम अघि सार्ने राष्ट्रिय भेलाले घोषणा गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप