मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

वीर अस्पतालमा शैल ट्रष्टको सहयोग

सोमबार, ०९ साउन २०७४, १६ : ५७
सोमबार, ०९ साउन २०७४

शैलकुमार उपाध्याय तथा करेन बस ट्रष्टले वीर अस्पताललाई ३५ लाख आर्थिक सहायता उपलब्ध गराएको छ । ट्रष्टले सोमबार एक कार्यक्रमका बीच वीर अस्पताललाई ३५ लाख रुपैँया आर्थिक सहायता उपलब्ध गराएको हो । 
वीर अस्पतालमा भर्ना भएका गरिव समुदायका मानिसहरुको क्यान्सर रोगको उपचार गर्न सहयोग पुगोस भन्ने उद्देश्यका साथ आर्थिक सहायता उपलब्ध गराइएको ट्रष्टले जनाएको छ । ट्रष्टकी अध्यक्ष विदुषी राणाले क्यान्सर रोगीहरुको जीवन रक्षाका लागि आर्थिक सहायता उपलब्ध गराइएको बताइन् ।स्वर्गीय शैलकुमार उपाध्याय कूटनीतिज्ञ थिए । ट्रष्टले समाज सेवाको क्षेत्रमा काम गर्दै जाने प्रतिवद्धता पनि व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप