बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कपिलवस्तुमा बस दुर्घटना, २ घाइते

सोमबार, ०९ साउन २०७४, १६ : ५७
सोमबार, ०९ साउन २०७४

कपिलवस्तु– कपिलवस्तुको वनगाईमा आज अपरान्न ३ .१५ मा बस दुर्घटना भएको छ । काठमाडौबाट धनगढी जादै गरेको ना ६ ख ७४६४ नब्बरको बस एकै दिशाबाट आईरहेको लु ५ प ११०६ नम्बरको मोटरसाईकललाई जोगाउने क्रममा दुर्घटना भएको हो ।
१५ जना सवार रहेको बस दुर्घटना हुदा २ जना घाईते भएका छन । कोहलपुर नगरपालिका निवासी  पार्वती रोकाय र रुकुमका ललित भण्डारी सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख अमर वहादुर कार्कीले जानकारी दिए ।
उनीहरुको अहिले सामुदायिक अस्पताल ४ नम्बरमा उपचार भईरहेको प्रहरीले जनाएको छ । कुनै मानविय  क्षति नभएपनि बसमा भने सामान्य क्षति भएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप