शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रोटी गोलो नबनाएको रिसले श्रीमानले गर्भवती श्रीमतीको गरे हत्या

सोमबार, ०९ साउन २०७४, १७ : ०३
सोमबार, ०९ साउन २०७४

टाइम्स अफ इन्डिया

भारतको राजधानी दिल्लीमा एक श्रीमानले आफ्नी गर्भवती श्रीमतीको हत्या गरेका छन् । श्रीमतीले रोटी गोलो नबनाएको निहुमा हत्या गरिएको बताइएको छ ।

रोटीको विषयमा धेरैजसो हुन्थ्यो झगडाः

शनिबार राती आरोपी श्रीमानले गर्भवती श्रीमतीको हत्या गरेको तर यसबारे आइतबार बिहान ४ बजेमात्र भएको बताइएको छ । मृतकको भाइले दिदीलाई भुइँमा ढलिरहेको र उनकी चार वर्षीया छोरीलाई ढोका बन्द गरेको थुनेको अवस्थामा देखेपछि यसबारे पुलिसलाई जानकारी दिएका थिए ।  

चार महिने गर्भवती सिम्रनलाई अस्पताल पुर्याइए पछि उनलाई मृत घोषणा गरेको छ । उनका श्रीमान् फरार छन् ।

उनकी चार वर्षीया छोरीले आमाबुवाबिच सधैंजसो रोटीको विषयमा झगडा हुने गरेको बताइन् । ‘मेरी आमाले मिठो खाना पकाउनुहुन्थ्यो तर रोटीको आकारका कारण बुवा सधैं रिसाउनुहुन्थ्यो ।’

शनिबार राती करिब साढे १० बजेतिर भएको झगडामा श्रीमानले गर्भवती श्रीमतीको पेटमा लात्तीले हाने । छोरीले आमालाई बचाउन खोजेपनि उनका बुवाले उनलाई कोठामा घिसारेर लगेको र ताल्चा लगाइदिएको उनले बताइन् । त्यसको केही बेरपछि उनले श्रीमानको घाँटी थिचे ।

पाँच वर्ष पहिले विवाह बन्धनमा बाँधिनुपहिले यो जोडी एक वर्ष लिभ–इनमा बसेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप