बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

वडा सदस्य पनि बैंक वित्तीय संस्थाको सञ्चालक बन्न नपाउने

सोमबार, ०९ साउन २०७४, १७ : १७
सोमबार, ०९ साउन २०७४

काठमाडौं–नेपाल राष्ट्र बैंकले स्थानिय तहमा नवनिर्वाचित वडा सदस्य समेत बैंक तथा वित्तिय संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ । संस्थागत सुशासनको पक्ष कमजोर हुने भन्दै जनप्रतिनिधीलाई पनि सञ्चालक हुन बन्देज लगाइएको हो । 


राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि राष्ट्र बैंकले संवैधानिक पद धारण गरेको व्यक्तिलाई सञ्चालक वन्न रोक लगाएको थियो । सांसदलाई सञ्चालक हुन रोक लगाएपछि अहिले जनप्रतिनिधीलाई पनि रोक लगाइएको हो । 


बैंक तथा वित्तिय संस्थाको सञ्चालकमा त्यस्ता व्यक्ति हँदा वित्तिय शुसासन कायम गर्न सहज नहुने राष्ट्र बैंकको ठहर छ । यसअघि बाफियामा राष्ट्र बैंकको सञ्चालक वस्न सांसदलाई रोक लगाउँदा दर्जनौं सासंदले विोध जनाएका थिए ।

पछि कडाइका साथ त्यो व्यवस्था लागु भएपछि उनीहरुले सञ्चालक पद छोडेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप