शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा लगानी गर्न प्रवासी नेपालीलाई परराष्ट्रमन्त्री ज्ञवालीको आग्रह

मङ्गलबार, ०४ मङ्सिर २०७५, १३ : १७
मङ्गलबार, ०४ मङ्सिर २०७५

टोकियो– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशमा रहेका नेपालीलाई नेपालमा लगानी, सीप र प्रविधि भित्र्याउन आग्रह गरेका छन् । 

जापान सरकारको निमन्त्रणामा ५ दिने भ्रमणमा रहेका मन्त्री ज्ञवालीले नेपाली दुतावासले आयोजना गरेको रात्रिभोजलाई सम्बोधन गर्दै नेपालमा नयाँ प्रविधि र सीप भित्र्याउन आग्रह गरेका हुन् ।

मन्त्री ज्ञवालीले नेपाल सरकारले लिएको आर्थिक बिकासको एजेण्डामा प्रवासमा रहेका नेपालीहरुलाई साझेदारी भूमिका निर्बाह गर्न आग्रह गर्दै भने, ‘ १० वर्ष पहिले जापान आउँदा नेपालमा संक्रमणकाल भएको तर अहिले धेरै कुरामा सुधार भएकोले नेपाल र नेपालीको वारेमा साकारत्मक भइदिन आग्रह गर्दछु ।’
 
त्यसैगरी, एनआरएन जापानले टोकियोमा आयोजना गरेको दिवाभोजसहित अन्तरक्रिया कार्यक्रमा मन्त्री ज्ञवालीले ’समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने अवधारणालाई साकार पार्न बिदेशमा रहेका नेपालीहरुको महत्वपूर्ण भूमिका रहने विचार ब्यक्त गरे ।

उनले आगामी १० वर्ष भित्रमा स्वदेशमै सरकारले रोजगार सृजना गरी नेपाली  युवाहरुलाई विदेश पलायन हुनुबाट जोगाउने नीति लिएको उल्लेख गर्दै जापान सरकारसँग ३ अर्व ५० करोड जापानी एन बराबरको खाद्य सहयोगमा सम्झौता हुने कार्यक्रम रहेको उल्लेख गरे ।  

मन्त्री ज्ञवाली ५ दिने भ्रमणका क्रममा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप