शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रवासी सर्जक जानुले ल्याइन एकैसाथ दुई कृति

मङ्गलबार, ०४ मङ्सिर २०७५, १५ : ५३
मङ्गलबार, ०४ मङ्सिर २०७५

काठमाडौं –ताप्लेजुङमा जन्मिएर हाल केही वर्षदेखि बेलायतको अक्सफोर्डमा  बसोबास गर्दै आएकी साहित्यकार जानु काम्बाङ्ग लिम्बुले एकै साथ दुई कृति सार्वजनिक गरेकी छिन् । 

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा लिङ्गदेनको कथाकृति ‘नउघ्रेको जुन’ र गीति एल्बम ‘जानु’को लोकार्पण भएको छ । 

नेपाल वाङमय प्रतिष्ठानले आयोजना गरेको उक्त समारोहमा वरिष्ठ साहित्यकार वैरागी काईला, गायक आनन्द कार्की, साहित्यकार बिना थिङ, प्रतिष्ठान अध्यक्ष शशी लिम्बुलगायतले एकै साथ दुई कृति सार्वजनिक गरेकी सर्जकले नेपाली साहित्यमा ठुलो योगदान गर्ने चर्चा गरेका थिए । 

कथाकृति ‘नउघ्रेको जुन’ मा २० कथा र गीति एल्बम ‘जानुमा ‘गर्नु छ एउटा कुरा’ र ‘प्यासी रातहरु’ गरी दुई गीत रहेको सर्जक लिम्बुले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप