बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बीर अस्पतालका क्यान्सर विरामीका लागि ३५ लाखको कोष स्थापना

सोमबार, ०९ साउन २०७४, १७ : ४२
सोमबार, ०९ साउन २०७४

काठमाडौं – शाइल कुमार उपाध्याय र करेन बास ट्रस्टले बीर अस्पतालका क्यान्सर विरामीका लागि ३५ लाखको कोष स्थापना गरेको छ । जसबाट बीर अस्पतालका क्यान्सर बिरामीलाइ  औषधी प्रदान गरिने जनाइएको छ । 
कोषको सम्पूर्ण रकम बीर अस्पताल नेशनल ट्रमा सेन्टरलाई आर्थिक अवस्था न्यून भएका क्यान्सर बिरामीका उपचारको निम्त्ति साउन ९ गते आयोजित एक कार्यव्रmमका बिच हस्तान्तरण गरेको छ ।
क्यान्सर रोगले बिरामी स्वयंलाई मात्रै नभई सिँगो परिवारलाई नै ग्रस्त बनाउने भन्दै क्यान्सरको उपचार नेपालमा आर्थिक हिसाबले महङ्गो भएको जनायएको छ । 

तसर्थ यस ट्रस्टले बीर अस्पतालमा सानो योगदान स्वरुप आर्थिक अवस्थामा कमजोर क्यान्सर रोगीहरुमा लक्ष्ति गरेर औषधि प्रदान गर्ने आफनो मुल उद्देश्य रहेको जनाएको छ । 
आफनो काका स्व। शाइलकुमार उपाध्याय जो न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको कूटनीतिज्ञ थिए, काकी स्व करेन बास्, जो लङ्ग क्यान्सरबाट मृत्य भएकी थिइन, उनीहरुप्रति समर्पित गर्दै विदुषी राणाबाट यस ट्रस्टको स्थापना भएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप