सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने गरि काम भैरहेको छ : जोशी
काठमाडौं– नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने गरि कामहरु भैरहेको बताएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै कार्यकारी अधिकृत जोशीले ‘भिजिट नेपाल –२०२०’ लागि चाहिने पूर्वाधारहरु निर्माणको लागि कामहरु धमाधम भैरहेको बताएका हुन् ।
मूल आयोजक समितिको गठन, प्रशासनिक सचिवालय गठन विज्ञ छनौट गर्ने कामको साथै आवश्यक विभिन्न तालिमहरु पनि संचालन भैरहेको जानकारी दिए । नेपालको पर्यटन मौसममा आधारित भए पनि पर्यटकहरु कम आउने न्यू मौसममा पनि विभिन्न किसिमका पर्यटन प्याकेजहरु बनाएर प्रचार–प्रसार गर्न थालेको पनि बताए । पर्यटन क्षेत्रमा सेवा प्रदायकले दिने सेवालाई समेत ध्यान दिएर कामहरु अगाडी बढेकोले भ्रमण वर्ष सन् २०२० मा २० लाख पर्यटक सजिलो गरि नेपाल भ्रमणमा आउने बताए ।
कार्यक्रममा बोल्दै कार्यकारी अधिकृतले जोशीले भूकम्प पहिले नेपालमा पर्यटकको संख्या प्रतिवर्ष दश लाख रहेकोमा पछिल्ला दुई वर्षभित्र नेपालले सोचेकोभन्दा बढी नै पर्यटक भित्र्याउन सफल भएको बताए । पछिल्लो समयमा पर्यटन बोर्डले नेपालमा पर्यटकहरु बढाउनको लागि ‘डिजिटल–मार्केटिङ’ लाई महत्वका साथ अगाडि बढाएको बताए । यस्तै कार्यकारी अधिकृत जोशीले विश्व चर्चित सेलिब्रेटीहरुलाई पनि नेपालको भ्रमण गराएर विश्वमै नेपालको पयर्टनको प्रचारप्रसार गर्ने आफूहरुको योजना रहेको कार्यक्रममा जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा