बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गण्डकी विकास बैंकको संचालन मुनाफा रु ८५ करोड

सोमबार, ०९ साउन २०७४, १८ : ०६
सोमबार, ०९ साउन २०७४

गण्डकी विकास बैंक लिमिटेडले आ.व. २०७३÷७४ मा अपरिष्कृत संचालन मुनाफा .रु ८५ करोड आर्जन गर्न सफल भएको छ । 

त्यस्तै गरी निक्षेप रु. १८ अर्ब ३३ करोड पुगेको छ भने कर्जातर्फ रु.१६ अर्ब ५१ करोड पुगेको छ । साथै  बैंकको निष्कृय कर्जाको मात्रा अत्यन्तै न्यून रहेको छ । हाल वैकको चुक्ता पूँजी रु १ अर्व ८४ करोड र कूल प्राथमिक पूँजी रु २ अर्व ७८ करोड रहेको छ ।


पोखरामा स्थापित साविकका दुई विकास वैकहरु फेवा विकास वैक लि.र गण्डकी विकास वैक लिं एक आपसमा गाभिइ गण्डकी विकास वैक लिं को नाउँवाट गत असार २१ गते देखि कारोवार गर्दै आइरहेको छ ।


वैंकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ५० वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना ,सहज र सरल रुपमा कर्जा योजनाको साथमा  मोवाइल बैंकि सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्न वर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्त कर्जा पनि प्रदान गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप