मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

घरभाडा नदिएको भन्दै राप्रपाको कार्यालयमा घरबेटीद्वारा तालाबन्दी

सोमबार, ०९ साउन २०७४, १८ : ३०
सोमबार, ०९ साउन २०७४

समुन्द्रा घिमिरे


बेसीशहर । घरको भाडा नदिएपछि राप्रपा जिल्ला कार्य समिति लमजुङको बेंसीसहरस्थित कार्यालयमा घरबेटीले ताला लगाएको छ ।

२०७१ सालदेखि राप्रपा नेपालको कार्यालय रहेको उक्त घरको भाडा नपाएपछि घरधनी बालकृष्ण वाग्लेले कार्यालयमा ताला लगाएका हुन् । बेंसीसहर नगरपालिका ८, शेरा ओरालोमा रहेको कार्यालयमा पार्टीका नेता कार्यकर्ता आउन छाडेको र सम्पर्कमा समेत नआएपछि दवाव दिन ताला लगाएको उनले बताए । कार्यालय पार्टी एकीकरणपछि राप्रपाले संचालन गर्दै आएको छ । 

सोमबार बेंसीसहरमा पत्रकार भेटघाट गरि उनले तीनबर्षयता भाडा नपाएको बताए । घरबेटी वाग्लेले २०७१ सालदेखि अहिलेको असारसम्मको घरभाडा १ लाख ५९ हजार पुगेको र उक्त रकम हालसम्म भुक्तान नगरेको बताए । 

उनका अनुसार ०७१ को ३० हजार, ०७२ को मासिक ४ हजार ५ सय रुपैया“का दरले ५४ हजार, ७३ को मासिक ५ हजारका दरले ६० हजार र ७४ को बैशाखदेखि असारसम्मको १५ हजार रुपैया“ नपाएको बताए । उनले पटक–पटक घरभाडा माग गर्दै आएकोमा पछिल्लो समय स्थानीय तहको चुनाव सकेपछि दिने आश्वासन दिएकोमा जेठ २० गते चुनावी समीक्षा गरेको र त्यसपछि कोही सम्पर्कमा नआएको बताए । ‘२० गते चुनाव समीक्षा गर्दा समेत भाडा माग भएकोमा कुनै सुनुवाई नभएपछि मैले २१ गते ताला लगाएको हु’ पत्रकार भेटघाटमा उनले भने । राप्रपा नेपाल हु“दै राप्रपाले आफ्नो घरमा ८ बर्ष कार्यालय राखिसकेको उनले बताए । 

राप्रपाका जिल्ला अध्यक्ष इन्द्रबहादुर मल्लले आफू नेतृत्वमा आएर छोटो समय भएको र पहिल्यैदेखिको घरभाटा नतिरेको अवस्थामा रहेको स्वीकारे । घरभाडाको लागि रकम संकलन भइरहेको उनले बताए ।

एकीकरणपछि राप्रपाको अध्यक्षमा इन्द्रबहादुर मल्ल चयन भएका छन् । यसअघि शंकरराज विष्ट थिए । राप्रपा र राप्रपा नेपालबीच गत माघमा एकीकरण भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप