राजधानीमा नेपाल अफ्रिका फिल्म फेस्टिभल
काठमाडौं – आगामी सोमबारदेखि ‘सातौं नेपाल–अफ्रिका फिल्म महोत्सव–२०१८’ आयोजना हुने भएको छ ।
सन् २०११ देखि नियमित आयोजना हुँदै आएको फेष्टिभलको यो सातौ संस्करण हो ।
नेपाल र अफ्रिकाबीच सांस्कृतिक एवं पर्यटकीय आदान प्रदानका गर्दै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको फेस्टिभलकी निर्देशक डा. मञ्जु मिश्रले जानकारी दिइन् ।
कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन ‘सिजेएमसी’ले उक्त फिल्म फेष्टिभवल गर्न लागेको हो । कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा तीन दिनसम्म चल्ने फेष्टिभलमा सामाजिक विषयमा आधारित विभिन्न ११ फिलम प्रदर्शन हुनेछन् ।
फेष्टिभलमा इजिप्टको ‘नासिर ५६’, स्वीजरल्याण्डको ‘लाइफ इन प्रोगेस’, स्वीडेनको ‘नाडिया डाइवर्ग’ र ‘फुटबोल डोक्र्टन’, अमेरिकाको ‘द सेरेन्गेटी’, साउथ अफ्रिकाको ‘कल मि थिफ’ र नेपालबाट मनोज पण्डित निर्देशित ‘छाया’ लगायत प्रदर्शन गरिनेछ । फेष्टिभलले नेपाल र अफ्रिकी मूलुकसंगको सम्बन्ध विस्तारमा टेवा पुग्ने आयोजकको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृह जिल्लामै ओलीको निर्देशन पालना भएन, सहमतिको नाममा निर्वाचन कार्यतालिका सारियो
-
सहसचिव शर्माको नेतृत्वमा बजेटको मस्यौदा लेखन समिति गठन
-
द्रुतमार्गको सट्टाभर्ना बापत सेनाले वृक्षरोपण गरेको जग्गामा व्यक्तिको दाबी
-
रोमाञ्चक खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो
-
फौजदारी न्यायको प्रभावकारिता बिना न्याय प्रणाली सुदृढ बन्न सक्दैन: प्रधानन्यायाधीश श्रेष्ठ
-
सङ्घीयता प्रतिवेदनका सुझाव कार्यान्वयन गर्न निर्देशन