आलोक नाथमाथि यौनहिंसाको मुद्दा दर्ता, लेखिकाले लगाएकी थिइन् उत्पीडनको आरोप
बुधबार, ०५ मङ्सिर २०७५, १२ : ३२
भारतीय अभिनेता आलोक नाथमाथि बुधबार यौनहिंसाको मुद्दा दर्ता गरिएको छ । लेखिका विन्ता नन्दाले मी टू अभियान अन्तर्गत एक संस्कारी अभिनेताले उनीमाथि दुईपटक दुष्कर्म गरेको र यौन उत्पीडन गरिरहेको आरोप लगाएकी थिइन् । पछि उनले आफूले बताएको संस्कारी अभिनेता आलोक नाथ नै भएको मिडियासामू स्पष्ट पारेकी थिइन् । आरोपपछि आलोकले विन्तासँग लिखित माफी र एक हजार भारु जरिवानाको माग गरेका थिए ।
सिरियल ‘तारा’ की राइटर–निर्माता थिइन् लेखिका
विन्ता नब्बेको दशकका टेलिभिजन सिरियल ‘तारा’ की राइटर–प्रोड्युसर थिइन् । विन्ताको आरोपपछि आलोक नाथविरुद्ध केही थप महिला सार्वजनिक भए । अभिनेत्री संध्या मृदुलले पनि आलोक एकपटक सुटिङको क्रममा होटलको कोठामा जबर्जस्ती छिरेर उनलाई समातेका थिए ।